लेकसाइडको जुसेरी क्याफेका म्यानेजर र फ्रिडम क्याफेका एक कर्मचारी पक्राउ

पाेखरा | मंसिर २७, २०८०

लेकसाइडको जुसेरी क्याफेका म्यानेजर र फ्रिडम क्याफेका एक कर्मचारी पक्राउ

पोखरा:   पोखरा महानगरपालिका–६ लेकसाइड खहरेस्थित दुईवटा क्याफेमा पर्यटक र स्थानीयहरुलाई नशालु पदार्थ खुवाएर सामाजिक विकृति फैलाएको आरोपमा प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ । 


पर्यटक तथा स्थानीयहरुलाई मनोरञ्जन दिने बहानामा कानूनले वर्जित गरेका नशालु पदार्थ सेवन गराएर समाजमा होहल्ला अशान्ति र विकृति फैलाउने गरेको स्थानीयको गुनासोपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले क्याफेका म्यानेजरसहित २ जनालाई प्रकाउ गरेको हो । 


प्रकाउ पर्नेमा जुसेरी क्याफेका म्यानेजर काठमाडौं शंखरापुर नगरपालिका–३ घर भएका  ३१ वर्षीय रोहित लामा भन्ने भगवान वम्जन र सोही स्थानमा रहेको फ्रिडम क्याफेका कर्मचारी गोरखा सुलिकोट २ घर भएका २१ वर्षीय घुमिन्द्र घले रहेका छन् । 


स्थानीयको गुनासोपछि उल्लेखित काम नगर्न सचेत गराउँदा क्याफेका म्यानेजरले प्रहरी माथि अपशब्द बोल्दै वादविवाद गरेपछि नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र मुद्धामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

उनीहरुलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्